आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी यसरी गरे हत्या

लमजुङको मध्यनेपाल नगरपालिका ८ लाङदीपारी मिदिम खोला जलविद्युत आयोजनाको ड्याम साइडमा मजदुर काम गर्ने एकजना मजदुरको हत्या भएको छ ।खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका १५ का २९ वर्षीय अर्जुन रम्तेलले छिमेकी २५ वर्षीय सुनिल श्रेष्ठलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार राती १० बजेतिर रम्तेलले धारिलो हतियार चक्कु प्रहार गर्दा श्रेष्ठ गम्भीर घाइते भएको र उपचाका लागि स्थानीय अस्पताल हुँदै थप उपचारका लागि पोखरा लाने क्रममा शनिबार बिहानपख राती १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा संलग्न अर्जुन रम्तेल र मृतक सुनिल श्रेष्ठ छिमकी रहेको र दुबै जनाले मिदिम खोला जलविद्युत आयोजनाको ड्याम साइडमा मजदुरी काम गर्दै आएका थिए ।

दुबैजना ड्याम साइडको क्याम्पमा बस्ने गरेको र शुक्रबार राती घरायसी कुरामा विवाद हुँदा अर्जुन रम्तेलले आफ्नो साथी सुनिल श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएकोमा केही समयपछि उनको निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।

घटना पश्चात पोखरा गएका अर्जुन रम्तेललाई जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय लमजुङ र ईलाका प्रहरी कार्यालय भोर्लेटारको संयुक्त टोलीले पोखराबाट शनिबार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो ।

पक्राउमा परेका अर्जुन रम्तेललाई आइतबार अदालतमा म्याद थपको लागि उपस्थित गराउने तयारी भइरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार उनलाई रम्तेललाई कर्तव्य ज्यान सम्बन्धी (ज्यान मारेको) कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।

Post a Comment

Previous Post Next Post