सवारी दुर्घटनामा ५ वर्षीय बालकको मृत्यु

p style="text-align: left;">ताप्लेजुङ — आज बिहान भएको सवारी दुर्घटनामा परी ५ वर्षीय बालकको मृत्यु भएको छ । मे १ च ७३५३ नम्बरको जिप दुर्घटना हुँदा फुङलिङ नगरपालिका–६

 निवासी सागर गुरुङका ५ वर्षीय छोरा अंशुमान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।बालकका ठूलोबुबा सवारी चालक कृष्णमान गुरुङ घाइते भएका छन् ।

उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारण भने खुली नसकेको र अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post