
(बालिका) मृत भेटिएका छन । सिस्नु टिप्न गएका एकै घरका दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।
बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरि भिर बाट फालेको हुनसक्ने स्थानीयको आशङ्का छ। बुधबार अपराह्न ४ बजे देखि हराएका एकै घरका दुई दिदीबहिनी ८ वर्षीया काली बुढा र १० वर्षीया रिणा बुढा घर नजिकै मृत भेटिएका थिए ।
घरबाट बुधबार बिहान सिस्नो टिप्न भनी निस्किएका दुई बहिनी बेलुका घर नआएपछि परिवारले खोजी गर्दा भोलिपल्ट बिहान करिब साढे ६ बजेतिर उनीहरू घर नजिकैको खोला भीरमा मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनाबारे अनुसन्धान भइरहेको छ ।
Tags:
News