आज मंगलबार यस्तो छ सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावाल र एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । चाँदीको कारोबार १३ सय ९० रुपैयाँ तोलामा भएको थियो ।

Post a Comment

Previous Post Next Post