आफ्नै खेतमा काम गरिरहेका युवा माथि कुटपिट गर्दै कान टोकेर छिनाई दिए पछि...

मकवानपुरमा एक युवकमाथि निर्घात कुटपिट पश्चात कान टोकेर छिनालिएको छ ।मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका टेकप्रसाद न्यौपानेमाथि स्थानीय दुईजना व्यक्तिले निर्घात कुटपिट गरि कान टोकेर छिनालिदिएका हुन् ।

कटपिट गर्नेमा ९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाई हुन् । उनीहरुले कुटपिट पश्चात टोकेर काननै छिनालिदिएका हुन् ।न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगिता लोहनीले बताइन् ।

संगिताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगडा भएको जनाएको छ । कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले सोमबार नै दुवै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको बताए ।

Post a Comment

Previous Post Next Post