
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटनामा परी तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो ।
नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेका छन्। मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।
Tags:
News