
दाङको घोराही-लमही सडक खण्डमा सवारी दु,र्घटना हुदा एक जनाको मृ,त्यु भएको छ भने अन्य दुई जना गम्भिर घा,ईते भएका छन् ।
आईतबार बेलुका करिब ६ बजेको समयमा घोराही उपमहानरपालीका वडा नम्बर ३ स्थित कुईरेपानीमा मिनि ट्रकले मोटरसाईकललाई ठ,क्कर दिदा मोटरसाईकलमा सवार चालक प्युठानको नौबहीनी गाउँपालिका ६ का ३२ बर्षिय राजन केसीको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनको राप्ति स्वास्थय विज्ञान प्रतिष्ठान उपचारको क्रममा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए । घोराहीदेखी लमहीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ क–०१६९ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बाग्मति प्रदेश ०२–०१६ प-३६५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार मृ,तक केसीकी श्रीमती २६ वर्षिया सन्ध्या केसी र उनकै २ वर्षिया छोरी राष्ट्रियता केसीको अवस्था पनि ग,म्भीर रहेको नायव उपरीक्षक कुमार गौतमले बताए ।
आमाको दायाँ खुट्टामा र टाउकोमा ग,म्भिर चोट लागेको छ भने छोरीको भित्री चाेटका कारण ग,म्भिर घा,ईते भएकाे प्रहरीले जनाएकाे छ । घा,ईते दुबैको राप्ति स्वास्थय विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ । मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिई घ,टना बारे थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।