कठै ५ किलोमिटर टाढाको बैंकबाट भत्ता लिएर फर्कँदा वृद्धाको ज्यान गयो

बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृ त्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गालकी ७० वर्षीया सीता गिरीको बाटोमा मृ त्यु भएको हो।

गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा उनको खौलागणा भन्ने स्थानमा मृ त्यु भएको हो। स्वास्प्रस्वासको समस्या रहेकी गिरीको बाटोमा मृ त्यु भएको हो।

याे त प्रतिनिधि घटना मात्रै हाे । सरकारले बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपछि दुर्गम जिल्लाका नागरिकलाई निक्कै सास्ती हुने गरेकाे छ । विशेषत वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बेसहारा, हिँडडुल गर्न नसक्नेहरुले लागि घरमा नै पुगेर भत्ता दिने व्यवस्था नहुँदा निक्कै दु:ख पाउने गरेका छन् ।

भत्ताका लागि लामो समय बैंकमा लाइन बस्नुपर्ने, कहिले इन्टरनेटले काम नगर्दा यत्तिकै फर्किन गर्ने बाध्यता रहेकाे उनीहरु बताउँछन् । गाउँपालिकाले घरघरमा पुगेर भत्ता वितरण गर्न सके वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला हिँडडुल गर्न नसक्नेहरुलाई सहज हुने उनीहरुकाे बुझाइ छ ।

Post a Comment

Previous Post Next Post