बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु दया माया भए रिप लेखिदिनुहोला

आप्रवासीलाई लिएर संयुक्त राज्य अमेरिकातर्फ जाँदै गरेको बस बुधबार पानामामा मिनीबससँग ठोक्किँदा ३३ जनाको मृत्यु भएको मध्य अमेरिकी मुलुक पानामाको प्रहरीले बताएको छ ।पानामाका राष्ट्रिय आप्रवासन निर्देशक समिरा गोजाइनले टेलिमेट्रो प्रसारकसँग भने, 'अहिलेसम्म हामीलाई ३३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

राजधानी पानामा शहरबाट करिब ४०० किलोमिटर पश्चिममा बस दुर्घटना भएको र बसमा चालक र सहचालकसहित ६६ जना सवार रहेका प्रहरी ट्रान्जिट अपरेशनका आयुक्त एमिलियानो ओटेरोले जानकारी दिए।पीडितहरूको राष्ट्रियता र घाइतेहरूको सङ्ख्याबारे अझै जानकारी दिएका छैनन् । दुर्घटनास्थलमा तीन जना गम्भीर घाइते भएका जनाइएकोफ छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये धेरैलाई एम्बुलेन्समार्फत चिरिकी प्रान्तीय राजधानी डेभिडको एक अस्पतालमा लगिएको छ ।कोलम्बियासँग सीमा जोडिएको पानामाको पूर्वी क्षेत्र डेरिएनबाट पश्चिमतर्फ कोस्टारिकातर्फ जाँदै गरेको उक्त बस मध्य अमेरिका र मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकासम्म पुग्ने गरी छुटेको थियो ।

सन् २०२२ मा संयुक्त राज्य अमेरिका जाने क्रममा पानामा आउने अनियमित आप्रवासीहरूको सङ्ख्या लगभग दोब्बर भएर दुई लाख ४८ हजार पुगेको छ भने यसमध्ये आधाभन्दा बढी भेनेजुएलाका नागरिक रहेको अध्यागमन प्राधिकरणले जनवरी १ मा दिएको रिपोर्टमा उल्लेख गरिएको थियो । रासस

Post a Comment

Previous Post Next Post