पोखरा महानगरपालिका ४ गैह्रापाटनकी ७९ वर्षीया लक्ष्मी कोइराला जेठ १८ गते घरमा एक्लै थिइन् । विहानको करिब दश बजेको समय थियो । बुहारी माइत अनि छोरा क्याम्पस गएको समयमा उनी एक्लै बसेकी थिइन् ।
घरको आगनमा बसेर जाउलो खादैगर्दा एक अपरिचित महिला आइपुगिन् । ति महिलाले छोरा बुहारी सोधिन् छोरा बुहारी बाहिर गएको भनेपछि भलाकुसारी गर्न थालिन् ।छोरा बुहारीसंग भेट्नुपर्ने भन्दै ७९ वर्षिय वृद्धाको घाटीमा मर्सान थालिन् ।घाटी मर्सादै गदा कोइरालाले पर्दैन भनिन् केहि समय मुसारेपछि छाडिन् । वृद्धापनि उठ्ने क्रममा सिक्रि खस्यो । त्यसपछि ति महिला फरार भइन् । उनको पछि जादाँ उनी वेपत्ता भइन् । कोइराला सुनाउँछिन्, । मेरो सिक्रि फुकालेर नक्कली लगाइदिई त्यो जोडेको पनि थिइन् ।
उठ्ने बेलामा त सिक्रि खस्यो अनि म पछिपछि दगुरे त्यसपछि दगुरी..’ यो पोखराको एक मात्र घटना होइनतिनै घटनामा संलग्न रहेकी पर्वत मोदी गाउँपालिका ६ घरभई हाल पोखरा महानगरपालिका ४ गणेशटोली बस्ने ३४ वर्षिया महिला टीका श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
करिब सात महिना अघिबाट सुरु भएको प्रहरीको अनुसन्धानले अन्ततः आरोपित महिलालाई प्रमाण सहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले लामोसमय पछि सफलता हात पारेको जानकारी दिए ।कसरी पक्राउ गर्न सफल भयो त को हुन त उनि ?