रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आ,त्मदा हको प्रयास गरेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै श’रीरमा आ,गो लगाउने प्रयास गरेका हुन् ।मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।
प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, कुनै दु’र्घटना हुन पाएन, थप प्रहरी अनुसन्धान’बाट खुल्ला।
अर्को समाचार रास्वपाका उपनेता श्रेष्ठले भने- ‘हतारमा निर्णय गरी फुर्सदमा पछुताउनु’हुन्नराष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सरकारबाट बाहिरिने हो भने त्यसको आधार देखाउनुपर्ने बताएका छन् । हतारमा निर्णय नगरी पार्टी अगाडि बढ्नुपर्ने उनको धारणा छ ।
पार्टीले बिहीबार साँझ साढे ४ बजे केन्द्रीय समिति र संस’दीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकले पार्टी सरकारबाट बाहिरिने संकेत पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले गरेका छन् । सभापति रवि लामिछानेले पनि सत्ता गठबन्धनबाट बाहिरिने संकेत सामाजिक संजालमा सन्देश लेखेर गरेका छन् ।
यसैबीच संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने अहिले पार्टीले लिने हरेक निर्णय महत्वपूर्ण रहेका र त्यसले मुलुकको राजनीतिमा प्रभाव पार्ने भएकाले छलफलबाट आधारसहित स्पष्ट राखेर जानुपर्ने बताए ।
व्यक्तिगत हिसा’बमा कस’लाई के लाग्छ भन्ने कुरा फरक भयो, छलफलबाट सबै साथीहरूले अपनत्व लिने गरेर निर्णय गर्नुपर्छ । यो समय हामीले राजनीतिक परिपक्वता देखाउने अवसर हो । अलिकति पनि विचलित हुनु हुँदैन
।राजनीतिमा संकट भने आइरहने चिज हो, उनले भने, अहिले हामीले कस्तो नजीरमा काम गर्छौं भन्ने कुरा म’हत्वपूर्ण हुन्छ ।त्यसैले हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गर्नुहुन्न । हामी कस्तो स्टेप चालेर जान्छौं भन्ने महत्वपूर्ण हुन्छ । हामी सादा कागज छौं, जे लेखे पनि पहिलोपटक लेखिर’हेका हुन्छौं ।
