
बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा मोरङमा ससुरा पक्राउ परेका छन् ।जिल्लाको सुनवर्षी नगरपालिका–१ बाट बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो । तर पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।
प्रहरीका अनुसार उनी माथि अनुसन्धान जारी छ ।मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ बर्सिया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरिएको कार्कीले जानकारी दिए ।
Tags:
News