जन्मदिने बुबा र काका मिलेर १६ बर्षिय छोरीलाई हातखुट्टा बाँधेर पालैपालो ब’लात्कार गरे पछि .

मेरो चिनजानकी जुनेली ४५ वर्षकी भइन् । उनले अरूको घरमा काम गरेर महिनाको १२ देखि १५ हजार रुपैयाँसम्म कमाउँछिन् । घरेलु कामदारका रूपमा काम गरेको १० वर्ष भयो ।

उनको श्रीमान् पनि श्रमिक हुन् । तर उनले असाध्यै रक्सी खाने गर्छन् । डेरामा आएर श्रीमती र छोराछोरीसँग झगडा गर्ने बानी छ । जुनेली आफ्नो घर र अरूको घर गरेर दिनमा १८ घण्टाभन्दा बढी खट्छिन् । तर, उनको श्रमलाई समाजले मर्यादित मान्दैन ।

अनौपचारिक क्षेत्रमा काम गर्ने जुनेलीलाई घरधनीले आफ्नो हिसाबमा पैसा दिन्छन् । कुनै निश्चित नियम छैन । घरको काम त भइहाल्यो तर यसरी गरेको कामको पनि मिहिनेत अनुसारको प्रतिफल पाउँदैनन् ।

उनीहरूका कामको कुनै मूल्य देखिँदैन । महिलाहरूले गर्ने यस्ता कामको लेखाजोखा गर्न र उचित नीतिनियम बनाउन ढिला भइसकेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरूको समस्यालाई कानुनी रूपमै सम्बोधन गर्नु जरुरी छ ।

धरैजसो ज्यालादारी काम पुरुषले पाउने गरेका छन् । बहुसंख्यक महिला आम्दानी नहुने काममा छन् । ग्रामीण महिलाका लागि कृषि नै मुख्य आम्दानीको माध्यम हो । 

अधिकांश महिलाले आफ्नो उत्पादनशील शक्ति परिवारको स्याहार–सुसारमा लगाउँछन् । आर्थिक आम्दानी सृजना नगर्ने यस्ता काममा महिलाको ऊर्जाशील उमेर खर्च हुनु अर्थ व्यवस्थाका लागि पनि गम्भीर समस्या हो ।

Post a Comment

Previous Post Next Post