छोरा बुहारीलाई अष्ट्रेलिया बिदाइ गरिन, आफू घर पुग्न पाइनन सिता

काठमाडौ :- बागलुङ नगर पालिका बडा न. १ कि “सीता खड्का” ले शनिबार राति खुसीका साथ आफ्ना कान्छा छोरा र बुहारी लाई त्रिभुवन विमानस्थलबाट अष्ट्रेलियाका लागि बिदाइ गरिन्।

आइतबार बिहान सोही विमानस्थल बाट यती एयर लाइन्समा घर फर्कंदै गरेकी खड्का भने घर पुग्न पाइनन्। आइतबार बिहान पोखरामा भएको जहाज दु’ र्घटनामा उनको पनि निधन भयो।

छोरा बुहारीलाई कर्मथलोका लागि बिदाइ गर्न गएकी आमा घर नपुग्दै बीचमै अस्ताएपछि घरपरिवार शोकमा ढुबेको छ। छोरा र बुहारी अस्ट्रेलिया नपुग्दै यता आमाको हवाई दुर्घटनामा परी मृत्यु भएको खबरले परिवार स्तब्ध भएको मृतकका भान्जा सूर्य लामिछानेले बताए।विवाहका लागि डेढ महिनाको बिदा लिएर नेपाल आएका खड्काका कान्छा छोरा आशिष खड्का र अन्सु खड्काले मंसिर २२ गते विवाह गरेका थिए।

छोरा र बुहारीलाई शनिबार राति ११ बजे कर्मथलो अस्ट्रेलियाका लागि बिदाइ गरेकी खड्का पोखरामा रहेकी छोरी अनिता खड्काले काटिदिएको टिकटमा विमानबाट पोखरा जाँदै थिइन्।

आमाको मृ त्युको खबर सुनेपछि छोरी अनिता बेहोस भएर अस्पताल भर्ना गरिएको भान्जा सूर्यले बताए। ‘माइजू भाइ र बुहारीलाई अस्ट्रेलियाका लागि बिदाइ गरेर आइतबार बिहान विमानबाट घर फर्कंदै हुनुहुन्थ्यो, लामिछानेले भने, उता भाइ बुहारी अस्ट्रेलिया पुगिसकेका छैनन्। यता माइजूको यस्तो खबरले सबैलाई स्तब्ध र दुखी बनाएको छ। ’

Post a Comment

Previous Post Next Post