हात खुट्टा भाँचेर २३ बर्सिए सितालाई २ जनाले पालैपालो ब’लात्कार गरि ४ तला माथिबाट फालिदिए पछि

भारतको राजस्थान राज्यको मुहाना मन्डी गेट नम्बर ३ नजिकै रहेको अपार्टमेन्टमा नेपाली युवतीको दुई युवकद्वारा ब’लात्कार भएको थियो । ती अपराधीले युवतीको बलात्कार मात्र गरेनन युवतीले प्रतिकार गरेपछि कपडा च्यात्दै कुटपिट पनि गरे ।

त्यसपछि ती युवतीले चौथो तलामा रहेको आफ्नो अपार्टमेन्टबाटै तल हाम फालिन । चार तला माथीबाट जमिनमा बजारिएकी युवतीको हात र खुट्टा भाचिएको अवस्थामा प्रहरीले उद्दार गरेर अस्पतालमा पुर्याएको खबर भारतीय मिडियामा छ ।

युवतीको टाउकोमा पनि चोट लागेको छ ।बलात्कारको आरोपमा दुइ युवक पक्राउ परेका छन । ती युवतीलाई चार दिन अगाडी जावेद भन्ने एक युवकले राजस्थान बोलाएको खुलेको छ ।

उनले घटना भएको फ्ल्याटमा बाहिरबाट चाबी लगाएर हिडेको युवतीले प्रहरी समक्ष बयान दिएकी छिन । गत सुक्रबार उक्त फ्ल्याटमा दुइ युवक लोकेश र कमल प्रवेश गरी उनको बलात्कार गरेका थिए ।

उक्त अपार्टमेन्टको पार्किङ नजिक झाडीमा स्थानीयहरुले युवतीलाई निर्वस्त्र र घाइते देखे पछी प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न लोकेश र कमललाई पक्राउ गरिसकिएको छ र थप अनुसन्धान भैरहेको छ ।

स्वार्थ बाझिने मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर

सुशासनप्रतिको जनचाहनालाई पुँजीकृत गर्दै उदाएका र तंग्रिएका राजनीतिक दलहरूसमेत सम्मिलित वर्तमान सरकारप्रति तुलनात्मक रूपमा आम अपेक्षा केही बढी थियो/छ । धेरैजसो केही गरूँ भन्ने हुटहुटी भएका नवअनुहारहरूलाई मन्त्रिपरिषद्मा सामेल गरेर सरकारले त्यसलाई सम्बोधन गर्ने थोरै छनक दिन खोजेको पनि देखिन्छ । परन्तु, मन्त्रिपरिषद् गठन र विस्तारका क्रममा जसरी सोझै स्वार्थको द्वन्द्व हुने गरी केही मन्त्रीहरू छनोट गरिएका छन्, त्यसबाट भने पहिलो गाँसमै ढुंगा लागेको छ ।

मन्त्रालयको राजनीतिक नेतृत्वजस्तो कार्यकारी जिम्मेवारी हित बाझिने मान्छेलाई सुम्पिनु आफैंमा अनियमितता हो, भ्रष्टाचारको थालनी हो । कानुनी शासनको मान्यताविपरीत यसरी सुरुमै गलत बाटो हिँडेर सुशासनको सही गन्तव्य पुग्न सकिँदैन । तसर्थ, सरकारले स्वार्थ बाझिने मन्त्रीहरूको जिम्मेवारी अनिवार्य रूपमा हेरफेर गर्नुपर्छ ।

अहिले केही मन्त्रीहरूको जिम्मेवारी हेर्दा लाग्छ— जहाँ जसको स्वार्थ छ, छानीछानी त्यही क्षेत्र हेर्ने गरी मन्त्री पद सुम्पिइएको छ । स्वार्थको द्वन्द्व हुन सक्ने सामान्य हेक्का पनि पुर्‍याइएको छैन । निर्माण सम्बन्धी धेरै काम हुनेमध्येको सहरी विकास मन्त्रालयमा ठेकेदार विक्रम पाण्डेलाई मन्त्री बनाइएको छ भने वैदेशिक रोजगारीलाई नियमन तथा व्यवस्थित गर्ने जिम्मेवारी भएको श्रम मन्त्रालय म्यानपावर एजेन्ट डोरप्रसाद अर्याललाई सुम्पिइएको छ ।

Post a Comment

Previous Post Next Post