
शनिबार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने समीक्षा गोष्ठी आयोजना गरेको थियो ।
गोष्ठीमा भाग लिन आएका थिए, दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही, भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाही, डुङ्गेश्वर गाउँपालिका–३ का ३३ वर्षीय दीपेन्द्रजंग शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी ।
उनीहरु चारै जना आआफ्नो स्थानीय तहको स्वास्थ्य शाखाका संयोजक हुन् ।उनीहरुका साथी भैरवी गाउँपालिका दैलेखका २७ वर्षीय सागर शाही सुर्खेतको वीरेन्द्रनगरमै रारा मेडिकल सप्लार्यस नामक पसल सञ्चालन गर्थे ।
पाँच जना मिल्ने साथीहरुको भेट लामो समयपछि वीरेन्द्रनगरमा भएको थियो ।उनीहरूले वीरेन्द्रनगरदेखि ३० किलोमिटर टाढा रहेको छिन्चु गएर रमाइलो गर्ने योजना बनाए र त्यसतर्फ गए ।
त्यहाँ दिनभर घुमेर होटेलमा बसे । बिहानै वीरेन्द्रनगरमा कार्यक्रम भएकाले रातिनै फर्किने योजना बनाएदुर्घटनामा घाइते भएका वीरेन्द्रले थपे, ‘जसोतसो उठेर प्रहरीलाई फोन गरेको याद छ, त्यसपछि कहाँ के भयो, मलाई नै थाहा छैन ।
’उनीहरु सवार बा.प्र.०१०२६च.९२१३ नम्बरको जिप आइतबार बिहान साढे २ बजे सुर्खेत्को झुप्रा खोला नजिक दुर्घटनामा पर्यो । प्रहरीका अनुसार गाडी सडकदेखि करिब २० मिटर तल खसेको थियो । सोही दुर्घटनामा वीरेन्द्रसँगै रहेका उनका साथीहरु सागर शाही, बबिन शाही, दीपेन्द्रजंग शाही र गुराँस गाउँपालिकाका राजेन्द्र बिसीले ज्यान गुमाए ।
सोही गाडीमा सवार वीरेन्द्रराज शाही भन्छन्, ‘बाक्लो हुस्सु लागेको थियो, गाडी स्पिडमा पनि थिएन । गीत सुन्दै हिँडिरहेका थियौं । एक्कासी के भयो थाहै भएन, गाडी खसेपछि म सडकको साइडतिर परेछु
उनीहरुको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । वीरेन्द्रलाई भने उपचारका लागि काठमाडौं पठाइएको डीएसपी कार्कीले बताए ।
स्वास्थ्य सेवा कार्यालय दैलेखले चार जना युवा स्वास्थ्यकर्मीको निधनले दैलेखको स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत मृतकप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।।