
गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य, प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो सब मरिन्छ, त्यही अन्तिम
वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमान जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भ ने भौतिक संसारबाट अलप हुनुभएको छ ।
बाइस वर्षको अल्पायुमै उहाँको इहलीला सकिएको हो पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटना सँगै निराको मखमली आवाज पनि उतैकतै बिलायो । लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी
गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो गत वर्ष उहाँ आफैँले गाएको गीतले भनेझैं निराका लागि यस वर्ष २०७९ नै अन्तिम बन्यो । न अब कतै युट्युबमा, न मेला र महोत्सवका झ किझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न र सुन्न नै पाइने छ ।
केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने अभिलाषामा पनि ठेस पुगेको छ ।
डिगाड -८ का टीका पाइजाले निरा छन्त्यालले सानैदेखि रुची लिए र गायन क्षेत्रमा लागेको बताउनुभयो । पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो’, पाइजाले भन्नुभयो, दुई-तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।
निरा रेडियो सारथीले आयोजना गरेको एक प्रतियोगितामा बिजेता पनि बन्नु भएको थियो । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल ६ वर्ष अघि काठमाडौं छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँका माग पनि बढ्दै गएको थियो ।
शनिवार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रस्तुति दिनु भएको थियो । सोही दिन टुँडिखेलामा बडिगाड ३ सिसाखानीको ऐ तिहासिक सति घाटु नाच प्रदर्शनका लागि पनि उहाँ सक्रिय भएर ला ग्नुभएको थियो ।
हेर्नुहोस् भिडियो