पेटमा गोली खाएर देशले केही नगरेपछि काम खोज्न साउदी गएका लडाकु कमान्डर चिसो बाकसमा फर्किए

देश बदल्न ‘जनयुद्ध’ मा लागे, पेटमा गोली को खत बोकेर विदेशिए, साउदीमा दिनभर अम गरेर सुतेका उनी उतै अस्ताए तर उनको पार्थिव शरीर एक्लो थिएन।

मंगलबार मात्र विमानस्थलमा सातवटा कफिन आए बुढा बाबुआमा, पत्नी, दुई छोरा र एक छोरीको एक्लो सहारा तिलक गोलीको छर्राका कारण बेलाबेला दुराने पेट लिएरै गत वर्ष साउदी उडेका थिए।काठमाडौं – दाउँदा उनका आँखा भासिएर गुफाजस्ता भएका थिए।

शोक र भोकले अनुहार सुकेको थियो। ‘अब म कसरी बाँच्या होला। खैरो बाकस मंगलबार बिहान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्क्यो, लक्ष्मी कार्की छाँद हालेर चिच्याइन, क्या दिन देख्नुपन्यो नि आज मैले ।

’वाकसभित्र चिर निद्रामा थिए उनका ४० वर्षीय पति तिलकबहादुर कार्की । कुनै समय माओवादीको सेक्सन कमान्डर भएर देश बदल्ने सपना देख्थे उनी तर त्यो सपनाले कहिल्यै मूर्तरूप लिएन । देश त के, आपने दुःखी जिन्दगीलाई पनि तिलकले बदल्न सकेनन् । माओवादी लडाकुका तत्कालीन सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रधानमन्त्री भइरहेका बेला उनके एक कमान्डर भने कफिनमा ल्याइएका छन्

Post a Comment

Previous Post Next Post