
अर्थ जङ्ग शाही l बझाङको जयपृथ्वी नगरपालिका ,५ कोटेली घर भएका एक सशस्त्र प्रहरी जवानको काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट मृ*त्यु भएको छ।
आइतबार बिहान ९ बजे चोभार गेट नजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृ*त्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।दुर्घटनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृ त्यु भएको हो।
मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ :नम्बरको स्कुल बसले बागमती एएए २९०८: नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो। उनी निलबाराही गणमा जाँदै थिए।ठक्करपछि घाइते भएका रतलालाई उपचारको लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो।
उनको उपचारको क्रममा मृत्यु भएको हो। बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।”