धादिङमा रुखकाे मुढाेले थिचेर एक जनाकाे ज्यान गयाे

धादिङ – धादिङमा रुखको मुढाेले थिचेर आज मङ्गलवार दिउँसाे एक जनाको ज्यान गएको छ । 

ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ खरीमा दाउरा काट्दा मुढाेले थिचेर ५५ वर्षका लोकबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयाे । श्रेष्ठकाे शव पाेस्टमार्टमका लागि धादिङ अस्पताल लगिएको छ ।

Post a Comment

Previous Post Next Post