
भेरी नदीमा एक पुरुषको श व भेटिएको छ । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका २ कुनिंगा नजिकै भेरी नदीमा शनिबार बिहान तैरिरहेको अवस्थामा पुरुषको श व भेटिएको हो ।
भेरी नदिमा तैरिरहेको अवस्थामा भेटिएको श वको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्दाजी २०/२१ वर्षीय पुरुषलाई जाजरकोटतिरबाट नै बगाएर ल्याएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले बताए ।
भेरीमा तैरिरहेको पुरुषको श व निकालेर अहिले ईलाका प्रहरी कार्यालय सल्लीबजारमा राखिएको र सनाखतको प्रयास भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार कतै कोही हराएको छ कि भनेर जाजरकोट, रुकुम तथा सल्यान सिमानामा प्रहरीसँग समन्वय भइरहेको छ । प्रहरीले मुचुल्का उठाएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने उनको भनाइ छ ।
Tags:
News