
काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक छत्र बहादुर शाही र काजल जोशी विवाह बन्धनमा बाँधिएका छन् । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका हुन् ।
२०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं यो जोडीले आज गरेको हो । इन्द्रेणी कार्यक्रमको टोली गुह्येश्वरी पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो ।
शाही र जोशीको आज धार्मिक विधिविधान अनुरुप राजधानीको गुर्हेश्वरी मन्दिरमा विवाह भएको हो । यी दुई कलाकारको सामाजिक विवाह २०७८ सालको दशैमा शाहीको गृहजिल्ला जुम्लामा भएको भएपनि विभिन्न कारणले रोकिएको सिन्दुर हाल्ने काम भने आज भएको हो । विवाहअघि कैलालीकी काजल र जुम्लाका छत्र प्रेम सम्बन्धमा थिए ।
इन्द्रेणी कार्यक्रममै भेट भएपछि उनीहरु प्रेममा परे । कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजलचर्चामा आएका हुन् । यो जोडी सामाजिक संजाल टिकटकमा पनि उत्तिकै सकृय रहन्छ । शाही र काजलबीच दुई वर्ष पहिला इन्द्रेणी कार्यक्रममै सेवा, सन्देश र मनोरञ्जनकै दैरानमा भेट भएपछि विवाह गर्ने सहमति भएको थियो ।
जोशी नयां प्रतिभावान लोक दोहोरीको क्षेत्रमा उदाउँदो कलाकार हुन भने छत्र शाही स्थापित लोक दोहोरी गायक हुन । यी दुई जनाबीचको लोक दोरोरी गितको प्रस्तुतीलाई आम दर्शकले सर्वाधिक मनपराउने गरेका छन् । दुई जनाबीचको हरेक समय चल्ने दोहोरी युटुव च्यानल इन्द्रेणी डटकममा सर्वाधिक रुचाउने गरिएको हो ।
हेर्नुहोस् भिडियो