
दाङमा हनि ट्र्यापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ‘हनि ट्र्याप’को अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिला पक्राउ परेका छन् ।
घोराही १० नारायणपुरका रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी कृष्णीकुमारी बस्नेत र गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्जिव बेलबासेले जानकारी दिए ।
तुलसीपुरका एक जना व्यवसायीसँग ब्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बला,त्कार मुद्दा हाल्ने भनेर महिलाले ध,म्की दिएपछि प्रहरीले पक्राउ गरेको हो। महिलाले यौ,न सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ गर्न खोजेपछि पीडित व्यवसायीले आफूलाई प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
सो सोमूहले यस अघि डरधम्की देखाएर करिब ४० लाख रुपैयाँ असुल गरिसकेको डिएसपी गौतमले जानकारी दिए । सो समूहले एक वर्षदेखि ती पुरुषलाई ट्यापमा पारेर करोड बढी रकमको माग गर्दै आएको थियो । पक्राउ परेका विरुद्ध अपराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता गरेको प्रहरीले बताएको छ ।
अनुुसन्धानको क्रममा अपराधिक गिरोह अन्य व्यक्तिहरुसंग पनि जोडिएको पाइएको छ । पिडितको नाम भने प्रहरीले खुलाएको छैन । यस अघि नक्कली मायाको नाटक गरेर पुरुषलाई ट्यापमा पारेर मोटो रकम असुल गर्ने तीन वटा समूह पक्राउ परिसकेका छन् ।