
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. किरण श्रेष्ठको हृदयाघातका कारण मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार जनरल सर्जरी विभागमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय श्रेष्ठको बुधबार बिहान मृत्यु भएको हो ।
उनी बुधबार बिहान डिउटीमा थिए । बिरामीको शल्यक्रिया सकिएपश्चात् श्रेष्ठ अस्वस्थ भएका थिए । त्यसपछि उनलाई आवासमा लगिएको थियो ।
लगत्तै बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बुधबार नै मृत घोषणा गरेको हो । पाँचथरका उनी प्रतिष्ठानमा एमएस प्रथम वर्षमा अध्ययनरत थिए ।
डा.किरण केहीदेनदेखि अवस्थ रहेको अस्पताल निर्देशक डा.खत्रीले बताए । डा.खत्रीका अनुसार डा.किरणले ग्यास्ट्रिक लगायतका औषधि खाने गरेका थिए । मंगलबार उनि विदामा बसेका थिए । म ठिक भएँ भन्दै बुधबार बिहान अस्पतालमा ड्यूटी गर्न आएका थिए ।
विसञ्चो भएको भन्दै अस्पतालबाट फर्किएर गएपछि पनि ग्यास्ट्रिकको औषधि खाएको पाइएको डा.खत्रीले जानकारी दिए ।