हँसिया प्रहार गरी बुहारीले यसरी गरिन् जेठाजुको हत्या

झापाको कनकाई नगरपालिकामा बुहारीले जुठाजुको हत्या गरेकी छन् । सँगै घाँस काट्न गएका जेठाजुलाई बुहारीले हँसिया प्रहार गरी हत्या गरेकी हुन् ।

बिहीबार दिउँसो शिवसताक्षी–१० टेक्रा स्थित माईखोलाको पुर्व साईडको बगरको डिल कासघाँरीमा जिल्ला झापा कन्काई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बास्तोला मृत अवस्थामा भेटिएकोका थिए ।

घटनाको सम्बन्धमा आज मृतकको आफ्नै बुहारी ४८ वर्षीया रनमाया बास्तोलालाई शंका लागी नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निज रनमाया बास्तोलाले बुधबार मृतकसंग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post