
कैलालीमा बुधबार बिहान टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–६
लालपुरमा सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्वरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ ।
Tags:
News