छोराले देशैलाई रुवाएर गयो भन्दै बुवा भाबुक’ , मृ’त्यु निश्चित भएपछि निराकरको छोरासंग भिडियो गफ (भिडियो हेर्नुहोस )

सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश ‘भाइरल’ भयो। उक्त भिडियोमा एक युवक जाफू जहाँ गए पनि छोरालाई सधैं माया गर्ने भन्दै जसल हुन भनिरहेका थिए।

निराश मुद्रामा देखिने ती युवकको पछाडिको दृश्यमा धुवाँको मुस्लो उडिरहेको देखिन्थ्यो। अडेस लागेको भाग कुनै भवनको झ्यालको थियो। उनी छोरालाई भनिरहेका थिए, ‘बाबा अलवेज लम्स युकसैलाई बिट गर्नु हुन्न, फ्रड गर्नुहुन्न।

आमा बुवा र ममीलाई माया गर्नु है छोरा भिडियोले छिनभरमै सामाजिक सञ्जाल ढाक्यो धेरैले भिडियो राखेर लेखेका थिए. ‘हार्दिक श्रद्धाञ्जलि विपिन ।

तिमी महान् बाबु हो। उक्त भिडियो सन्देश थियो झापा बिर्तामोड १ अतिथि सदन रोड घर भएका ३५ वर्षीय निराकार पाण्डे (विधिन) को उनले थाइल्यान्डको सीमा नजिक कम्बोडियाको पाइपोटस्थित ग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि ।

यो सन्देश नै उनको परिवारका लागि अन्तिम सन्देश बन्न पुग्यो । उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आगलागी हुँदा उनी १२औं तलामा फसेका थिए ।

उद्धार नभएपछि र कुनै उपाय नभएपछि कोठाको भ्यानमा बसेर भिडियो सन्देश पठाएर उनी त्यहाँबाट बच्न सकिन्छ कि भनेर हाम्फालेको बताइएको छ। त्यसै क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विपिन बास बसेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति अचानक आगलागी भएपछि पाण्डेले आपूm फसेको थाहा पाएका थिए।

चारैतिरबाट आगोले धेरैपछि उनी हाम्फालेका थिए। क्षत्विक्षत अवस्थामा उनको शव पहिचान भएको बताइएको छ। विभिन्न देशका चार सयभन्दा बढी नागरिक आगलागीमा फसेका थिए थाइल्यान्डका धेरै नागरिक उक्त होटल र क्यासिनोमा काम आगलागीमा फसेकाहरूको लामो समयसम्म उद्धार हुन नसक्दा पाण्डेसहित धेरैले ज्यान गुमाए।

गैरआवासीय नेपाली रूप कम्बोडियाका अध्यक्ष लाल खड्काका अनुसार उक्त आगलागीमा शुक्रबार अपराह्नसम्म २६ जनाको मृत्यु भएको छ भने ७३ जना गम्भीर घाइते भएका छन्। होटल र क्यासिनोमा भएको आगलागीमा हाम्फालेर केहीको ज्यान गएको छ कतिपयको खुट्टा भाँचिएको छ।

बाबु भन्नुहुन्छ, आफ्ना अगाडि मृत्युबाहेक अरु केही विकल्प नभएपछि मान्छेले बाँच्ने उपाय खोज्दो रहेछ । छोराले होटलबाट हाम्फालेर बाँच्ने उपाय रोज्यो । तर, उसलाई पनि थाहा थियो कि, यति माथिबाट हाम्फाल्दा बाँच्न सकिँदैन भनेर उसले होटलको १२ औ तलाबाट हाम्फालेको देखिन्छ।

मेरो छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ। आगोले जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास हेर्न पाउँछ भन्ने उसको सोच देखियो। मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ।

१० वर्षीय छोरालाई पाण्डेको अन्तिम सन्देश गहभरि आँसु पारेर मृत्युलाई आत्मसात् गरेका पाण्डेले भिडियोमार्फत छोरा आर्मनलाई अन्तिम सन्देश दिएका छन् ।

उनले आफू जहाँ गए पनि सधैं माया गर्ने भन्दै छोरालाई असल हुन सुझाएका छन्। अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भनेका छन्, ‘सानु, मेरो आँखाको बाबु म तिमीलाई धेरै माया गर्छु बाबा अलवेज लम्स यु सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा कसैलाई चिट गर्नु हुन्न, फड गर्नुहुन्न। जामा बुवा र ममीलाई माया गर्नु है छोरा ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post