कोसी अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा बच्चा


सप्तरीको कल्याणपुर घर र दुखनीदेवी भगत चौधरी नाम बताउने ३७ वर्षीया महिलाले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माएकी हुन् । छात्तीदेखि पेटसम्मको भाग जोडिएका दुवै सन्तान छोरी हुन् ।

जन्मिँदा तौल ३.४ किलोग्राम थियो ।स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छात्तीदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । टाउको, मुख, आँखा, नाक, कान, हात र खुट्टालगायतका बाहिरी अंगहरू जोडिएका छैनन् ।


शरीर जोडिएका जुम्ल्याहा जन्माएकी महिलाले प्रष्टसँग आफ्नो घर–ठेगाना बताउन सकिरहेकी छैनन् । परिवारका सदस्य र आफन्त पनि अस्पतालको सम्पर्कमा आइपुगेका छैनन् । जसका कारण घर–ठेगाना, परिवारका सदस्य, आफन्तदेखि लिएर सुत्केरीको अन्य पृष्ठभूमि यकिन गर्न अस्पताललाई मुस्किल परिरहेको छ ।

उनी आफू सिरहाको लाहानमा डेरा गरेर बस्ने र पति (श्रीमान) आनन्द भगत चौधरीले त्यहीँ मिठाई बनाउने काम गर्ने गरेको बताउँछिन् । उनले आफू बिरामी परेपछि छिमेकी राधादेवी मण्डलले अस्पतालसम्म ल्याइदिएको र छोरा बिरामी परेकाले उनी पनि फर्किएर गएको बताइन् ।

मलाई यस्तो भएको सुनेपछि अर्काको मोटरसाइकल मागेर श्रीमान आउँदै हुनुहुन्थ्यो । तर, दुर्घटनामा परेर राजविराज अस्पतालमा भर्ना हुनु भयोभन्ने सुनें’, उनले भनिन्, ‘उहाँको खुट्टा भाँचियो अरे । अरु आफन्तले हामीलाई सहयोग गर्दैनन् ।’उनले यसअघिका आफ्ना २ सन्तान छोरी रहेको बताइन् । ‘एउटी १० वर्षजति कि छ ।

उसले केही सहयोग गर्नसक्ने कुरै भएन’, उनी भन्छिन्, ‘अर्कीको बिहे भइसक्यो । उसको पनि नानी हुँदैछ ।’

Post a Comment

Previous Post Next Post