रवि लामिछानेका ‘ड्राइभर’ तीन तलामाथिबाट खसेको अवस्थमा भेटिए, अवस्था चिन्ताजनक

राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका सभापति रवि लामिछानेका सवारी चालक गम्भीर अवस्थामा भेटिएका छन् ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने चालक दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर अवस्थामा फेला परेका हुन् ।

उनी करिब ३ तला माथिको घरको छतबाट खसेको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । थापा चितवनको भरतपुरमा भाडामा लिएको घरमा राति सुतेका थिए ।

तर बिहान उनी सो अवस्थामा फेला परेको हुन् ।प्रहरीका अनुसार थापाको अवस्था गम्भीर छ । उनको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई बिहानै उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस लगिएको छ ।

थापा आइतबार रविलाई लिएर तनहुँको दमौली पुगेका आएका थिए । त्यस्तै आज बारा जाने कार्यक्रम तय भएको थियो । त्यसअघि चितवनमै विभिन्न कार्यक्रममा सामेल हुने तयारी थियो ।

Post a Comment

Previous Post Next Post