
१३ वर्षीया बालिकाको पेटमा आफ्नै बुबाको बच्चामहोत्तरी। महोत्तरीमा आफ्नै बुबाले छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना बाहिरिएको छ।
जिल्लाको बर्दिबास-११ स्थित खयरमारा बस्ने १३ वर्षीय आफ्नै छोरी (संगिता नाम परिवर्तन)लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको खुलासा भएको हो।
पीडित बालिकाकी आमा सुनिता सिन्दन (नाम परिवर्तन)का अनुसार उनी गर्भवती भएको तीन दिन अगाडिमात्र थाहा भयो।
छोरीको १२ वर्षकै उमेरमा रजश्वला भएको थियो। चार महिनादेखि रजश्वला नभएपछि मलाई शंका लाग्यो अनि छोरीलाई सोध्दा त त्यो गर्भ आफ्नै श्रीमान्को पो रहेछ,’ सुनिताले भनिन्।
अहिले पीडित बालिकालाई खयरमारा बजारस्थित आफ्न्तका राखिएको छ। बालिकाका ३४ वर्षीय बुवा रामबहादुर सिंन्तान भने घटना बाहिरिएसँगै फरार भएका छन्।
कसरी भयो घटना?
रामबहादुरका एक छोरा र दुई छोरी छन्। पीडित संगिता जेठी छोरी हुन् भने अन्य दुई जना सानै छन्।आर्थिकरुपमा निक्कै कमजोर रहेको यो परिवार मजदुरी गर्न धादिङ्गको विवि इटाभट्टामा काम गर्दै आएको थियो।
विवि इटाभट्टामा काम छोडेर सपरिवार असोजतिर कामकै खोजीमा भक्तपुर पुगेको थिग्यो। श्रीमान् रामबहादुर र सुनिता दिउँसोसँगै मजदुरी गर्न निस्कन्थे। कहिलेकाहिँ सन्चो भएन भन्दै रामबहादुर घरमै बस्थे अनि विविमाया एक्लै काम गर्न जान्थिन्।
म्मी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाई बाबाले जवर्जस्ती करणी गर्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो। मलाई पटक-पटक करणी गर्नुभयो।’ यो विषयमा कसैलाई भने परिवारका सबै सदस्यलाई मारिदिने धम्कि दिनेगरेको उनले बताइन्।