आज (मंगलबार) यस्तो छ सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् सोमबारदेखि स्थिर रहको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दश हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

Post a Comment

Previous Post Next Post