मकवानपुरमा ट्याक्टर दुर्घटना : ३ जनाको मृत्यु


मकवानपुर — ट्याक्टर दुर्घटनामा परी मकवानपुरमा सोमबार तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-३ कालिदमारस्थित भित्री सडकखण्डमा मिलडाँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ त ७१८८ नम्बरको ट्याक्टर राति

करिब ९ बजेको समयमा आफै अनियन्त्रित भई सडकमा पल्टिएको हो ।दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मकवानपुर मनहरी-३ हाँडीखोलाका ३० वर्षीय बिरमान रुम्बा, मनहरी-४

सालघारीका २० वर्षीय प्रविण प्रजा र ४० वर्षीय जोखलाल प्रजाको मृत्यु भएको हो ।हेटौंडा-१० स्थित चुरेहिल अस्पतालमा मनहरी -३ हाँडीखोलाका २४ वर्षीय अमृत प्रजा र राजकुमार प्रजाको उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post