हार्दिक श्रद्धाञ्जली कठै डोटीका श्रीमान श्रीमती भारतमा मृत अवस्थामा फेला परे

डोटीका एक दम्पती भारतमा अवस्थामा फेला परेका छन् । सायल गाउँपालिका वडा नम्बर १ घर भइ हाल रोजगारको सिलसिलामा भारतको मदुरासमा बस्दै आएका दम्पती कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् ।

आइतबार बिहान १० बजेतिर आफ्नै कोठामा मृत फेला परेका हुन् । मृतक हुनेमा अन्दाजी २६ बर्षीय पुरूष प्रेम देउवा र उनकी श्रीमति अन्दाजी २४ बर्षीय मन्सरी देउवा रहेको मृतकका अंकल रण बहादुर देउवाले जानकारी दिए । मृतक दम्पती डेढ बर्ष अघि बिवाह बन्धनमा बाँधिएका थिए ।

Post a Comment

Previous Post Next Post